ला लिगा क्लब रियल म्याड्रिडका स्टार मिडफिल्डर टोनी क्रुसको क्लब सँगको सम्झौता अर्को वर्षको जुनमा अन्त्य हुने छ भने दुई बिच हाल सम्म कुनै सम्झौता विस्तार नहुँदा क्रुसले क्लब छोड्न सक्ने चर्चा हुँदै गर्दा आफू रियल म्याड्रिडमै रिटायर हुने भनेर टोनी क्रुसले दाबी गरेका छन्।
Toni Kroos on his future: “I will retire here at Real Madrid, I just don’t know when — I don’t want to play for any other club”. 🚨⚪️ #RealMadrid
“We have arranged a chat with the club in 2023 to discuss about my future, so I will decide next year”. pic.twitter.com/UnvxbfoBy1
— Fabrizio Romano (@FabrizioRomano) November 1, 2022
“के हुँदै छ भन्ने थाहा नभएको बेला मिडियामा कुराहरू पढ्न पाउँदा रमाइलो लाग्छ। म अर्को वर्ष, वा आउँदो ब्रेकमा आफ्नो सम्झौता वारेमा सोच्नेछु। बिस्तारै म के गर्न चाहन्छु भन्ने निर्णय गर्छु। मैले सधैँ भनेको कुरा परिवर्तन हुने छैन, म कतै जाने छैन, म क्लब परिवर्तन गर्दिन।- टोनी क्रुसले आफ्नो भविष्य वारे बोल्दै भने।
“म यहाँ क्लबमा संन्यास लिन्छु, तर मलाई थाहा छैन कहिले। क्लब र म यस वारे हाल आराममा र्छौं, हामी सधैँ कुरा गर्छौँ र त्यहाँ केही नयाँ छैन। यो धेरै विशेष सम्बन्ध हो र यी आठ वर्षको अवधिमा सधैँ विशेष रहेको छ, र म पक्का छु कि त्यो परिवर्तन हुनेछैन। हामी जनवरी, फेब्रुअरी वा मार्चमा कुरा गर्नेछौँ।
“What I have always said and is something that has not changed, is that I will not move clubs. I will always stay here, I will retire here, the only thing I don’t know is when,” Toni Kroos saidhttps://t.co/FFvsZRNVfD
— The Field (@thefield_in) November 2, 2022
जिरोनासँगको खेलमा आफ्नो करियरको पहिलो रेड कार्ड वारे पनि क्रुसले बोले: “यसको लागि धेरै खेलहरू लग्यो। मलाई लाग्यो कि मैले काउन्टरट्याक रोक्नको लागि सानो फाउल गर्नु पर्छ। रेड कार्ड बाट बच्न न्यूनतम सम्पर्क, तर त्यो असम्भव थियो।”