“रियल म्याड्रिडमै रिटायर हुने मेरो चाहना थियो”- बेन्जेमा

फ्रेन्च स्टार करिम बेन्जिमाले रियल म्याड्रीड छाड्दै खाडी मुलुक साउदी अरेबियाको अल इटिहाड क्लबसँग अनुबन्ध भएका छन् भने आफ्नो चाहना रियल म्याड्रिडमै रिटायर हुने रहेको र कहिलेकाहीँ दिशा बदलिने गरेको भन्दै आफ्नो प्रस्थान वारे बेन्जेमाले बयान जारी गरेका छन्।

रियल म्याड्रिड सँग २०२४ सम्म सम्झौता रहे पनि क्लब छोड्दै साउदी अरेबियाको अल इटिहाडमा जाने उनको निर्णय रहेको थियो र सो निर्णयको पुष्टि गर्दै बेन्जेमाले सामाजिक सञ्जालहरूमा पोस्ट गरेका थिए भने रियल म्याड्रिडमा रिटायर हुने उनको चाहना रहेको पनि उनले दाबी गरे।

“यसले साँच्चै दुख्छ … यो सजिलो छैन, म साँच्चै यहाँ रिटायर हुन चाहन्थेँ तर कहिलेकाहीँ दिशाहरू परिवर्तन हुन्छन्”।- बेन्जेमाले आफ्नो प्रस्थान वारे पोस्ट गर्दै भने।

“म सधैँ म्याड्रिडका खेलहरू हेरिरहनेछु र म सधैँ विश्वको उत्कृष्ट क्लब रियल म्याड्रिडलाई समर्थन गर्नेछु।”

रियल लागि आइतबार अन्तिम खेल खेल्दै गोल गरेका उनले आफ्नो नयाँ गन्तव्य तय गरेको हो । उनले २०२५ जुन सम्मको लागि सम्झौता गरेको बुझिएको छ ।

बेन्जिमाले पत्रकार सम्मेलन गर्दै रियल म्याड्रीडका समर्थहरूलाई बिदाइ दिने कार्यक्रम रहेको छ । बेन्जिमाले रियलका लागि ३५४ गोल गरेका छन्

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ