रियल म्याड्रिडमा ११ जना फरवार्ड, गोलको खडेरी यथावत

एजेन्सी, रियल म्याड्रिडको टोलिमा हाल ११ जना फरवार्ड रहेको छ। पक्कै, पनि सबैले टिममा स्थान भने बनाउने छैनन् । तर, टोलिको अहिलेको मुख्य समस्य गोलमा रहेको छ ।

रोनाल्डोको रियलमा अन्तिम सिजन क्लबले १४८ गोल गरेका थिए । यस्तै, गत सिजन क्लबले ८८ गोल गर्यो।

रोनाल्डोले क्लब छोडेसंगै क्लबले मात्र एक सिजनमा १०० गोल गर्न सफल रह्यो ।

क्लबसंग ११ फरवार्ड भए पनि किलियन एम्बाप्पेलाई भित्र्याउन प्रयासरत छन । उनलाइ भित्राएको अवस्थामा गोलको भार खेपी रहेका बेन्जिमालाइ केही राहत मिल्ने छ ।

बेन्जिमा एक्लैले पछिल्ला तीन सिजनमा ८७ गोल गरेका छन । उनलाइ क्यासमेरो र सर्जियो रामोसले गोलमा साथ दिएका छन । यद्यपि, रामोस अहिले क्लबमा छैनन् ।

ह्याजार्ड र एसेन्सियो चोटका कारण पछिल्ला सिजनमा खासै जम्न सकेको छैन । भिनिसियससंग क्षमता रहे पनि लयमा छैनन् । युवा रोड्रिगो पहिलो रोजाइमा पर्न संघषरत छ । टाकेफुसा कुबो, लुका योभिच लोनमा गएका थिए ।

त्यस्तै, एक समयको सर्वाधिक महँगा खेलाडी ग्यारेथ बेलले टोटेन्हमबाट राम्रो सिजन सकाए पनि रियलमा बस्न नचाहेको संकेत दिएका छन ।

यी ११ खेलाडी मध्य ४ जनाको जर्सी नम्बर क्लबले उपलब्ध गराएका छैनन् । क्लबले एम्बाप्पेलाई अनुबन्ध गर्न चाहेमा केही फरवार्डले क्लब छोड्न बाध्य हुनेछ ।

एम्बाप्पेको गत सिजन केही खास रह्यो । उनले पिएसजीका लागि ४७ खेल खेल्दा ४२ गोल गर्न सफल रह्यो ।