“रियल म्याड्रिडमा भन्दा बेल यहाँ धेरै खुशी छन्”

रियल म्याड्रिडमा भन्दा ग्यारेथ बेल हाल टोटेनह्याममा धेरै खुशी रहेको भनेर टोटेनह्यामका नयाँ लेफ्ट ब्याक सर्जियो रेगुलियनले स्वीकार गरेका छन्।

बेल र रेगुलियनले गर्मीमा रियल म्याड्रिडबाट स्पर्स आएका थिए – र बेल भने लोनको सम्झौतामा आएका थिए ।

केहि सिजन देखि रियलमा वेल्सका स्टारको समय राम्रो थिएन र उनि खुशी पनि थिएनन्।

हाल स्पर्समा फर्किए पछि उनको मनोभावमा भिन्नता आएको लेफ्ट ब्याक सर्जियो रेगुलियनले बताएका छन्।

“मैले स्पर्समा उनि एक व्यक्ति फरक भएको देखे,” सर्जियो रेगुलियनले ओन्डा सिरोलाई भने।

“भाषा उनको लागि सबै कुरा हो।

“उनी स्पेनिश राम्रोसँग बोल्छन्, उनको स्पेनिश खराब छैन, अलि अलि मेरो अंग्रेजी जस्तै, तर कुराकानी, बानीको अनुसार उनि यहाँ बढी खुसी छन्।

“मलाई थाहा छैन यदि उनी अब कहिले पनि (म्याड्रिड) फर्किने वा छैनन्।”