“रियल म्याड्रिडमा जिदानको लागि खेल्नु, मेरो लागि सपना साकार हुनु थियो”

एडन ह्याजार्ड स्वीकार्छन् उनले रियल म्याड्रिडबाट खेलेर आफ्नो सपना पूरा गरेका छन्।

रियलको लागि खेल्न पाए पछि कोच जिनेदिन जिदान संग प्रशिक्षण लिनु बेल्जियमको स्टारको आशा पनि पूरा भएको छ।

उनले एल मुन्डोलाई भने: “हो, यो सपना नै थियो। जब मैले बगैंचामा धेरै सानोदेखि( फुटबल खेल्न) सुरू गरेको थिएँ, यो एउटा क्लब हो जुन मैले सँधै समर्थन गरेको थिएँ।

“मैदानमा जिदान थिए। मेरो आइडल। यो स्टेडियम जिन मैले टिभीमा हेरेको थिएँ, यो जादू जस्तो लग्यो मलाई।

“यो सेतो जर्सी मेरो लागि असाधारण थियो, धेरै खुसीको कुरा थियो, हामी अक्सर छुट्टिमा जान्थ्यौं, परिवार सहित, स्पेनमा तर कहिल्यै म्याड्रिड गएको छैन। बेल्जियम बाट धेरै टाढा थियो कारमा जाँदा।

“सबैले मलाई रियलको बारेमा बताउँथे जब हामी छुट्टीमा फुटबल खेल्थ्यौं।”