च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको रोमान्चक खेलमा रियल म्याड्रिडले आफ्नो घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा म्यान्चेस्टर सिटीबिरुद्ध हार बेहोरेको छ ।
खेलमा पहिलो हाफ गोलरहित बराबर भएको थियो ।
दोस्रो हाफको ६० औं मिनेटमा रियलका इस्कोले गोल गर्दै अग्रता दिलाए ।
७८ औं मिनेटमा म्यान्चेस्टर सिटीका जेजसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
🔵 Manchester City have beaten Real Madrid for the first time in their history 💪#UCL pic.twitter.com/cw0eVart0E
— UEFA Champions League (@ChampionsLeague) February 26, 2020
८३ औं मिनेटमा सिटीका डे ब्र्युनाले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाए ।
८६ औं मिनेटमा रियलका कप्तान सर्जियो रामोसले रातो कार्ड खादै मैदान छोडनु परेको थियो ।
खेलमा अरु गोल हुन नसके पछि सिटीले पहिलो लेगमा २-१ को अग्रता लिन सफल भएको हो ।
यो जितसंगै म्यान्चेस्टर सिटीले रियललाई इतिहासमा पहिलो पटक हराउन सफल भएको छ ।
त्यस्तै म्यान सिटी ११ बर्षमा रियललाई हराउने पहिलो इङलिस टोलि पनि बन्न सफल भएको छ ।
The first English side to win at the Bernabeu in 11 years…
A gargantuan performance!
⚪️ 1-2 🔵 #ManCity #UCL pic.twitter.com/9Tork6SptR
— Manchester City (@ManCity) February 26, 2020