रियल म्याड्रिडबिरुद्ध च्याम्पियन्स लिगमा फाईनल खेल्न चाहन्छु – रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा पूर्वटिम रियल म्याड्रिडबिरुद्ध खेल्न चाहेको बताएका छन।

“रियल म्याड्रिड? एउटा उत्कृष्ट टोली।” रोनाल्डोले स्काई स्पोर्ट इटालियालाई भने।

“व्यक्तिगत रूपमा म म्याड्रिडबिरुद्ध पछिल्लो चराणमा खेल्न रुचाउछु। म अब उनीहरुबिरुद्ध फाइनलमा भेट्न रुचाउछु ।”

रियल म्याड्रिड समूह चरणमा दोस्रो स्थानमा रहदै अन्तिम १६ को लागि यात्रा तय गरेको हो। त्यस्तै म्याड्रिड र युभेन्टसको अन्तिम १६ मा खेल हुने सम्भावना धेरै देखिन्छ।