रियल म्याड्रिडको हुएस्का माथि कठिन जित

वेल्स फरवार्ड ग्यारेथ बेलको एकमात्र गोलमा रियल म्याड्रिडले आइतबार स्पेनिस ला लिगाको खेलमा हुएस्कालाई १-० ले पराजित गरेको छ ।

बेलले खलेको आठौँ मिनेटमा गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए । उनले भलीमार्फत गोल गर्दी गोलविहिन १० खेलको यात्रामा पूर्णविराम लगाए । रियलले निकै संघर्ष गरेको खेलमा बेलको दोस्रो हाफको प्रयास भने सफल हुन सकेन ।

यस जितसँगै सान्टियागो सोलारीको टोली बार्सिलोनाभन्दा ५ अंक पछाडी रहँदै लिगको शीर्ष ४ मा अटाएको छ । रियलको १५ खेलमा २६ अंक रहेको छ । रियलले अब बुधबार हुने च्याम्पियन्स लिग खेलमा सीएसकेए मस्कोको सामना गर्नेछ । रियल समूह विजेता बन्दै दोस्रो चरण पुगिसकेको छ ।