रियल म्याड्रिडको स्टार खेलाडी साइन गर्न इन्टर मायामीलाई मेस्सीको आग्रह

फुटबल सुपरस्टार लियोनल मेस्सी आफ्नो मेजर लिग सकर क्लब इन्टर मायामीलाई रियल मड्रिडको बलोन डि’ओर विजेता लुका मोड्रिचलाई अनुबन्ध गर्न आग्रह गरेको जानकारी छ।

यस सिजन लुका मोड्रिच धेरै जस्तो समय रियल म्याड्रिडको बेन्चमा रहने गरेका छन् भने यो सिजनको अन्त्य पछि उनी फ्री एजेन्ट बन्ने क्रममा पनि रहेको बेला मेस्सीले आफ्नो क्लब इन्टर मायामीलाई मोड्रिच भित्राउन आग्रह गरेका छन्।

रियल म्याड्रिडका पूर्व फरवार्ड प्रेड्राग मिजाटोभिकका अनुसार मोड्रिचलाई अमेरिकामा आफ्नो टिममा सामेल गर्ने योजनामा मेस्सी सकारात्मक रहेका छन् र मिडफिल्डरलाई क्लबमा भित्राउन मेस्सीले डेभिड बेकह्यामसँग पनि कुरा गरेको उनले जनाएका छन्।

अर्को सिजन लुका मोड्रिच फ्री एजेन्ट हुने भए पछि धेरै क्लबहरूको नजर उनी माथि रहेको छ जसमा युरोपियन, अमेरिकन देखि साउदी क्लबहरू पनि रहेको छ।

रियल म्याड्रिडसँग मिडफिल्डमा रोड्रिगो, भिनिसियस जुनियर, ओरेलियन चाउमेनी, एडुआर्डो क्यामाभिङ्गा, फेडेरिको भाल्भर्डे र जुड बेलिङ्घममा जस्तो विकल्पहरू रहेको छ र लुका मोड्रिचलाई रियलले क्लब छोड्न दिने जानकारी रहेको छ र हाल सम्म दुई बिच सम्झौता विस्तार भएको छैन।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ