“रियल म्याड्रिडको सबै खेलाडी चोटग्रस्त भए पनि रियलले हामेस रोडरिगेजलाई खेलाउने छैन”

हामेस रोडरिगेजको भविष्य रियलमा नरहेको भनेर कोलम्बियाका लेजेन्द कार्लोस भल्डेरामाले बताएका छन्। रियलको सबै खेलाडी चोटग्रस्त भए पनि रियलले हामेसलाई खेलाउने छैन भनेर उनले भने र रियल माथि आफ्नो आक्रोस पोखे।

कोलम्बियाका लेजेन्दले भने कि हामेस रोडरिगेज एक उत्कृष्ट युवा खेलाडी हुन् र रियलले उनलाई नाखेलाए हामेसको प्रतिभा बेकार हुने छ।

“सबैलाई हामेस रोडरिगेजको प्रतिभा बारे थाहा छ जिदानले पनि उनको खेल देखेको छ तर ठुलो समस्या के हो भने जिदान, हामेस रोडरिगेजलाई क्लबमा चाहँदैनन्”- कार्लोस भल्डेरामाले

“उनले कहिले खेल्ने छन्?, सायद रियलको बाकी २४ खेलाडी चोटग्रस्त भए पनि हामेसले मौका पाउने छैन”

“उनि जवान छन् र अहिले उनको सबै भन्द राम्रो समय हो उनिलाई अहिले प्रयोग नगरे उनको प्रतिभा सबै बेकार हुने छ”