रियल म्याड्रिडको लज्जास्पद हार

प्री सिजनको पहिलो खेलमा रियल म्याड्रिडले बायन म्युनिक संग हार भोगेको छ ।

अमेरिकाको हिउस्टनमा भएको खेलमा बायनले १५ मिनेटमा टिलिस्सोको गोल मर्फत अग्रता लिएको हो ।

त्यसै गरि दोस्रो हाफको ६७ मिनेटमा लेवान्डोस्किको गोलमा बायनले अग्रता दोब्बर बनायो । ६९ मिनेटमा जिन्याब्रीले गोल गर्दै ३-० को अग्रता दिलायो ।

८१ मिनेटमा बायनका उलरिचले रातो काड खाए । ८४ मिनेटमा रोड्रीगोले गोल गर्दै रियललाई सान्त्वना गोल गरे । र खेल बायन म्युनिकले खेल ३-१ ले जित्यो।