रियल म्याड्रिडको रेन्जर्सबिरुद्ध हार

प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा रियल मड्रिड पराजित भएको छ ।

आइतबार राति भएको खेलमा रियल स्कटिस क्लब रेन्जर्ससँग २-१ ले पराजित भएको हो ।

आइब्रोक्स स्टेडियममा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा रियल पराजित भएको हो ।

खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर, ५५ औं मिनेटमा फाशीन साकलाले गोल गर्दै रेन्जर्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७६ औं मिनेटमा नाचो फर्नान्डेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा रियल १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलको ७७ औं मिनेटमा सेड्रिक इटेनले गोल गर्दै रेन्जर्सलाई २-१ को जित दिलाए ।