रियल म्याड्रिडको युवा स्टार माथि म्यान सिटीको नजर

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी रियल म्याड्रिडका युवा स्टार भिनिसियास जुनियरलाई साइन गर्न इच्छुक रहेको खबर छ भने सिटीका कोच पेप गार्डियोला भिनिसियास जुनियरको एजेन्ट सँग सम्पर्कमा रहेको पनि जानकारी छ।

ब्राजिलियन स्टारको यो सिजन धेरै उत्कृष्ट प्रदर्शन रहेको छ भने रियलको लागि उनले १५ गोल र ९ असिस्ट गरेका छन् र उनी यो सिजन रियलको एक महत्त्वपूर्ण खेलाडीको रुपमा रहेका छन् भने उनलाई साइन गर्न म्यान सिटी इच्छुक रहेको जानकारी छ।

भिनिसियास जुनियर र रियल बिच २०२४ सम्म सम्झौता रहेको छ र रियल किलियन एम्बाप्पे र एर्लिङ हालान्ड साइन गर्ने योजनामा रहे पनि भिनिसियासलाई अझै पनि क्लबको महत्त्वपूर्ण खेलाडीको रुपमा रहेको फ्लोरेन्टिनो पेरेजको विश्वास रहेको र उनी सँग सम्झौता विस्तार गर्दै उनको रिलिज क्लज १ बिलियन बनाउने रियलको योजना रहेको खबर छ।

उनलाई रियलले क्लबमै राख्न सबै प्रयास गर्ने स्पष्ट भए पनि सिटीले उनलाई साइन गर्न प्रयास गर्न सक्ने खबर छ भने सिटीका कोच पेप गार्डियोला उनको ठुलो फ्यान रहेको रिपोर्ट छ।