एजेन्सी, रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोस क्लब छोड्ने अवस्थामा पिगेको छ। क्लबको दुई वटा प्रस्तावलाई अस्विकार गर्दै म्याड्रिडमा नबस्ने संकेत दिएका छन।
क्लबका यी ३४ बर्षिय कप्तान बर्नाबेउमा बिगत १५ बर्ष देखि छन। उन्ले यो अवधीमा ६६८ खेल खेलिसकेका छन।
रियलले रामोसलाई दश प्रतिशत तलब घटाउदै नया सम्झौताको प्रस्ताव गरेका थिए।
स्पेनका विभिन्न सन्चारका अनुसार रियलले कुनै सम्झौताको प्रस्ताव नगर्ने र रामोस सम्झौताको अवधी सके पछि क्लब छोड्ने तयारीमा रहेको जनाए।
रामोस घुडाको शल्यक्रिया पछि ७ हप्ता मैदान बाहिर रहने छन। उनि एटलेटिक बिल्बाओबिरुद्धको खेलमा घाइते हुन पुगेका थिए।
स्पानीश मिडियाका अनुसार रियल म्याड्रिडले सर्जियो रामोसको स्थानमा डेभिड अलाबालाई क्लबमा अनुबन्ध गर्ने प्रयासमा छन। उन्को बायर्न मुनिखसंगको सम्झौता यसै जुनसम्म रहेको छ।
जिनेदिन जिदानको टोलि लिगमा दोस्रो स्थानमा रहेको छ। गेटाफेलाई २-० को सहज जित निकाले पछि दोश्रो स्थानमा उक्लन सफल भएको हो।