रियल म्याड्रिडको नजर ह्यारी केन माथि

ला लिगा क्लब रियल म्याड्रिडको नजर टोटेनह्यामका स्टार स्ट्राइकर ह्यारी केनमा रहेको जानकारी छ भने यो वर्षको गर्मीको ट्रान्सफर विन्डोमा रियलले उनलाई साइन गर्न प्रयास गर्न सक्ने रिपोर्ट रहेको छ।

प्रिमियर लिग क्लब टोटेनह्याममा स्टार स्ट्राइकर ह्यारी केनको प्रदर्शन निकै उत्कृष्ट हुँदै आएको छ भने उनी टोटेनह्यामको सबैभन्दा महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन् तर टोटेनह्याम उपाधिहरू जित्न असफल रहे पछि ह्यारी केन खुसी छैनन् र उनी क्लब छोड्न तयार हुने रिपोर्ट रहेको बेला रियल म्याड्रिड उनलाई साइन गर्न इच्छुक रहेको छ।

रिपोर्ट अनुसार रियल म्याड्रिडले ह्यारी केनलाई यो वर्षको गर्मीको ट्रान्सफर विन्डोमा साइन गर्न प्रयास गर्न सक्ने छ। सो समय टोटेनह्याम सँग केनको सम्झौतामा मात्र १ वर्ष बाँकी हुने छ र उनलाई अर्को वर्ष फ्रीमा गुमाउन सक्ने सम्भावनाको कारण टोटेनह्याम उनलाई बेच्न दबाबमा हुने छ।

२९ वर्षका ह्यारी केनले हाल सम्म कुनै उपाधि जितेका छन् र सो कुराबाट उनी सन्तुष्ट छैनन् र उपाधि जित्न उनी अन्य क्लब जान इच्छुक हुने रिपोर्ट रहेको छ भने हाल सम्म केनले टोटेनह्याम सँग सम्झौता विस्तार पनि गरेको छैन।

रियल म्याड्रिड सहित प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि उनलाई भित्राउन इच्छुक रहेको छ। रोनाल्डोको प्रस्थान पछि युनाइटेड नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र केन, रोनाल्डोको विकल्प हुन सक्ने युनाइटेडको विश्वास रहेको छ।

हाल सम्म केनले स्पर्सको लागि ४१२ खेल खेल्दै २६५ गोल र ६२ असिस्ट गरेका छन् भने उनले क्लबमा धेरै रेकर्डहरू तोडे पनि उपाधि भने जित्न केन असफल रहेका छन्।