रियल म्याड्रिडको खराव लय जारी, टोटेन्ह्यामबिरुद्द हार

रियल म्याड्रिडले इङ्लिश टिम टोटेन्ह्याम बिरुद्ध हार भोगेको छ ।

जर्मनीमा भएको औडि कपमा रियल म्याड्रिडले १-० को हार बेहोरिएको छ ।

दुबै टोलिले आफ्नो उत्कृष्ट ११ खेलाएको खेलमा ह्यारी केनले २२ औ मिनेटमा गोल गर्दै टोटेन्ह्यामलाइ जित दिलाएको हो ।

जित संगै टोटेन्ह्याम औडि कपको फाइनलमा पुग्न सफल भएको छ ।

रियल म्याड्रिडको भने खराव लय कायमै रहेको छ ।