“रियल म्याड्रिडको कारण गत वर्ष रोनाल्डोले बलोन दि ओर जितेनन्”

जियोर्जियो चिलेनी लिओनेल मेस्सीले यस वर्षको बलोन डी ओर जितेकोमा खुसी थिए, तर युभेन्टस डिफेन्डरले दाबी गरे कि गत सिजन क्रिस्टियानो रोनाल्डोको हात बाट रियलले बलोन दि ओर “चोरी” गरे।

बार्सिलोनाका स्टार मेस्सीले सोमबार लिभरपुलका डिफेन्डर भर्जिल भ्यान ड़ाइक र रोनाल्डोलाई हराउँदै रेकर्ड छैठौं पटक इनाम दाबी गरे।

“यो वर्ष मेस्सीले बलोन डी ओर जितेको ठिक हो,” युभे कप्तानले स्काई स्पोर्ट इटालियालाई भने।

“वास्तविक चोरी गत वर्ष भएको थियो। रियल म्याड्रिडले निर्णय गरे कि क्रिस्टियानोले बलोन डी’ओर जित्न हुँदैन। यो वास्तवमै अनौठो थियो।”

चिलेनीले थपे: “रियलले बलोन दिओर रोनाल्डोले जितेको हेर्न नचाहेको थियो किनकि उनि अब त्यो क्लबको खेलाडी मध्ये एक थिएनन।”