रियल म्याड्रिडको एम्बापे भित्र्याउने योजनामा ठूलो धक्का

एजेन्सी, रियल म्याड्रिडको पि.एस.जिका युवा खेलाडी किलियन एम्बापे भित्र्याउने योजनामा ठूलो धक्का पुगेको छ। रिपोर्टका अनुसार पि.एस.जिका अध्यक्ष नसिर अल खेलैफीले एम्बापे पि.एस.जिमा नै बस्ने जनाएका छन्।

रिपोर्टका अनुसार पि.एस.जिका अध्यक्ष खेलैफीले एम्बापेको सन्दर्भमा “मेरा लागी, एम्बापे पि.एस.जिका खेलाडी हुन् र पि.एस.जिकै खेलाडी रहने छन्। म चिन्तित छैन” भनी प्रतिक्रिया दिएका छन्। रिपोर्टका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्योरेन्टिनो पेरेजले भने एम्बापेलाई रियल म्याड्रिड भित्र्याउने उन्को प्राथमिकताहरु मध्ये एक रहेको यस अघी नै जनाइसकेका छन्।
२२ वर्षका युवा फ्रेन्च खेलाडी किलियन एम्बापे १४५ मिलियन तथा थप ३५ मिलियन युरोमा मोनाकोबाट पि.एस.जिमा अनुबन्ध भएका थिए। उक्त ट्रान्सफर पछी उनी संसारकै सबैभन्दा महँगो टिनएजर भएका थिए। उन्ले पि.एस.जिका लागि १७१ खेलमा १३२ गोल गर्न सफल भइसकेका छन्। उन्ले आफ्नो राष्ट्रिय टोलिसँग २०१८ को विश्व कप पनि जित्न सफल भएका थिए।