रियल म्याड्रिडका स्टार साइन गर्न युभेन्टस इच्छुक

युभेन्टस रियल म्याड्रिडका स्टार एडन हजार्ड साइन गर्न इच्छुक रहेको खबर छ। ओकडारियोका अनुसार युभेको चासो हजार्डमा रहेको छ, उनको चोटपटकको समस्याको बाबजुद पनि युभे उनलाई साइन गर्न चाहन्छन् र पाउलो डिबाला बेच्नु परे हजार्ड उनको विकल्प हुने युभेको विश्वास छ।

डिबालाले क्लब छोड्न सक्ने धेरै चर्चा रहेको छ र युभे पनि उनलाई बेच्न तयार हुन सक्ने कुरा छ। बार्सिलोना र म्यानचेस्टर युनाइटेड जस्तो क्लबको नाम डिबाला संग जोडिएको छ।

युभेले अर्जेन्टिनाका स्टार गुमाउन परे, एडन हजार्डलाई उनको सम्भावित प्रतिस्थापनको रूपमा क्लबले लिने कुरा छ।

हजार्ड १८ महिना अघि चेल्सीबाट रियल सामेल भए, तर उनको समय म्याड्रिडमा चोटले खाएको छ। यी समस्याहरूको बाबजुद पनि युभेले हजार्ड साइन गर्न छलफल गर्ने खबर छ।