प्रिमियर लिग क्लब चेल्सी ला लिगा क्लब रियल म्याड्रिडका स्टार डिफेन्डर इडर मिलिटाओलाई साइन गर्न इच्छुक रहेको जानकारी छ र उनलाई साइन गर्न चेल्सीले रियल सामु £३४ मिलियनको प्रस्ताव गर्ने रिपोर्ट छ भने मिलिटाओलाई पनि ठुलो तलबको प्रस्ताव हुने भएको छ।
Chelsea reportedly ‘offer £34m for Eder Militao’ as part of new Thomas Tuchel back-three plan #CFC https://t.co/Z1ii7AtHzE
— Express Sport (@DExpress_Sport) November 13, 2021
ब्लुज नयाँ सेन्ट्रल डिफेन्डरको खोजीमा छ, दुवै एन्ड्रियास क्रिस्टेनसेन र एन्टोनियो रुडिगर सम्झौता विस्तार अनिश्चित रहेको छ भने ३७ वर्षका थियागो सिल्भा सिजनको अन्त्यमा क्लब छोड्ने तयारीमा छन्।
एल नेसियोनलका अनुसार, ब्लुज मिलिटाओलाई साइन गर्न इच्छुक रहेको छ। सर्जियो रामोस र राफेल भरानको प्रस्थान गरेपछि रियलमा मिलिटाओ नियमित स्टार्टर बनेका छन्। हाल सम्म कार्लो एन्सेलोटीको पक्षमा उनले ला लिगाका सबै १२ खेलहरू खेलेका छन् र रियल हाल लिगको दोस्रो स्थानमा रहेको छ।
Chelsea ‘bid £34m for Eder Militao’ and Tuchel has plan for new-look defencehttps://t.co/hO89rm7KuZ pic.twitter.com/yAvayixkyL
— Daily Star Sport (@DailyStar_Sport) November 14, 2021
२३ वर्षीयको रियलसँग सन् २०२५ सम्म सम्झौता छ तर चेल्सी उनलाई साइन गर्न रियललाई प्रस्ताव पठाउन तयार रहेको खबर छ। मिलिटाओ ब्राजिलियन राष्ट्रिय टोलीको पनि एक महत्त्वपूर्ण खेलाडी हुन्।