रियल म्याड्रिडका स्टार साइन गर्न इच्छुक वोल्भ्स

वोल्भरहेम्प्टन वान्डरर्स आफ्नो चोटग्रसित स्टार राउल जिमेनेजको विकल्पको रुपमा रियाल म्याड्रिडका लुका जोभिकलाई जनवरीमा लोनको सम्झौतामा साइन गर्न इच्छुक छन्।

खबर अनुसार वोल्भ्स आउँदो विन्डोमा नयाँ स्ट्राइकरको खोजीमा हुने छन् र रियलका जोभिक वोल्भ्सको मुख्य लक्ष्य हुन सक्ने छन्।

लुका जोभिक बेनिफिकाबाट £५५ मिलियनमा रियल आएका थिए तर उनले रियल सोचे कस्तो प्रदर्शन गर्न सकेनन र हाल उनि जिदानको योजनामा पर्न असफल हुदै आएका छन्।

रियल संग २१ खेलमा मात्र २ गोल गर्न सफल रहेका लुका खेल समयको खोजीमा रहेका छन् तर उनले रियलमा समय नपाउने देखा परेको छ भान वोल्भ्स उनलाई लोनमा साइन गर्न इच्छुक छन्।

रियल आउनु अगाडी उनले आफ्नो धेरै समय फ्रैंकफर्टमा लोनमा बिताएका थिए जहाँ उनको निकै राम्रो खेल रहेको थियो। उनले फ्रैंकफर्टमा ४८ खेलमा २७ गोल गरेका थिए।