रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिक डीसी युनाइटेडसँग जोडिएका छन्।
एएस को अनुसार डीसी युनाइटेड मोड्रिकलाई साइन गर्न उत्सुक छन्, यद्यपि हाल यो ट्रान्सफर नहुने सम्भावना धेरै रहेको खबर छ, किनभने मोड्रिकको तलब माग एमएलएस क्लबको लागि ज्यादै बढी हुनेछ र क्रोएसियान २०२१ सम्म रियल म्याड्रिडमा खेल्न चाहन्छन्।
REPORT 🗞️
#DCU has spoken with Luka Modric’s representatives about the possibility of the midfielder joining the club this summer.••
Via: @MLSist pic.twitter.com/ilaU1HsWRn— DC United Nation (@UnitedNationDC) January 6, 2020
म्याड्रिडमा डीसी युनाइटेडको रुचि तीव्र हुनुको कारण वेने रुनीको प्रस्थान हो, उनि इंग्ल्याण्डका चैम्पियनशिप क्लब डर्बी काउन्टीमा सम्मिलित भए पछि डीसीले नयाँ खेलाडीको खोजी गर्न थालेको थियो।
AS: We confirm The Athletic’s report that DC United want Modric but it will not be possible at this time, since Luka’s salary demands would be too high for the MLS franchise and because the Croatian wants to see out his contract at Real Madrid, which runs until 2021.
— M•A•J (@Ultra_Suristic) January 6, 2020
यस सिजनमा उनले सामना गरेका शारीरिक समस्याहरुको बीचमा ३४ वर्षीयले १८ खेल खेलेका छन, उक्त खेलहरुमा चार गोल र पाँच सहायक प्रदान पनि गर्न उनि सफल भएका छन्।