रियल म्याड्रिडका स्टार प्रिमियर लिगमा खेल्न सक्ने

ला लिगा क्लब रियल म्याड्रिडका स्टार मिडफिल्डर मार्को एसेन्सियोले क्लब छोड्ने पक्का रहेको बेला उनको एजेन्टले उनलाई प्रिमियर लिग क्लब चेल्सी र लिभरपुललाई प्रस्ताव गरेको जानकारी छ। स्पेनिस मिडफिल्डर २०१४मा रियल म्याड्रिड आएका थिए भने हाल उनी क्लब छोड्ने तयारीमा रहेको खबर छ।

२६ वर्षका मिडफिल्डरले रियलमा धेरै खेल समय पाएका छैनन् भने उनी आफ्नो अवस्थाबाट खुसी नरहेको चर्चा छ जसको कारण उनी क्लब छोड्न इच्छुक रहेका छन्। उनलाई क्लब छोड्न दिन रियल पनि तयार हुने खबर छ। रियल र एसेन्सियो बिचको सम्झौता २०२३ सम्म रहेको छ।

क्लब छोड्ने तयारीमा रहेका एसेन्सियो माथि भने उनको एजेन्ट धेरै युरोपियन क्लबहरू सँग सम्पर्कमा रहेको र उनलाई प्रिमियर लिग क्लब लिभरपुल र चेल्सीमा प्रस्ताव गर्दै गरेको जानकारी छ।

उनलाई साइन गर्न इटालियन क्लब एसी मिलान र प्रिमियर लिग लिभरपुलको चासो रहेको छ भने उनको लागि रियलले £३३ मिलियन माग गर्ने रिपोर्ट छ।

हाल सम्म स्पेनिस मिडफिल्डर मार्को एसेन्सियोले रियल म्याड्रिडको लागि २३५ खेल खेल्दै ४९ गोल र २४ असिस्ट गरेका छन्। रियलले हाल सम्म उनी सँग सम्झौता विस्तारको लागि कुनै वार्ता गरेको छैन।