रियल म्याड्रिडका स्टार डिफेन्डर सर्जियो रामोस क्लब छोड्न नजिक रहेको खबर छ। रियल र रामोस बीचको सम्झौता आउँदो जुन महिना सम्म रहेको छ र दुई बीच सम्झौता विस्तारको छलफल सफल हुन सकेको छैन।
(🌤) At this time, the decision of Sergio Ramos 🇪🇸 is not to renew his contract and leave Real Madrid. ✈️ [@jrdelamorena] #rmalive pic.twitter.com/dFo47ZV7PA
— RouteOneFootball (@Route1futbol) December 2, 2020
हाल खबर अनुसार रियाल म्याड्रिडका कप्तान सर्जियो रामोस अर्को वर्ष क्लबमा छोड्न तयार हुने छन्।
एल ट्रान्झिस्टरका अनुसार रामोसको लागि हाल ठुलो क्लबहरुबाट प्रस्तावहरु आउने क्रम जारी छ र रियल संग सम्झौतामा पुग्न नसक्दा उनि क्लब छोड्ने विकल्पमा जान धेरै नजिक छन्।
🚨 According to EL TRANSISTOR, Sergio Ramos has decided to leave Real Madrid at the end of the 2020/2021 season. [via @tjuanmarti]
I don’t know how true this is, but THE BEAST might as well be free ahead of next season. Many European clubs will be looking to sign him. pic.twitter.com/Vu254ekwQU
— Talk Barça (@talkBARCA1) December 2, 2020
३४ वर्षका स्टार डिफेन्डरको प्रदर्शन अझै पनि राम्रो रहेको छ तर रियल र उनि बीच नयाँ सम्झौताको विस्तार कति वर्ष हुने बारे कुरा नमिलेको खबर छ। पिएसजी र अन्य ठुलो क्लबको चासो उनिमा रहेको छ।
स्थिति अझै परिवर्तन हुन सक्ने पनि कुरा छ, तथापि, म्याड्रिडमा रामोस अझै खुशी छन् जहाँ उनी आफ्नो परिवार र साथीहरूसँग नजिक छन् तर रियल संग सम्झौतामा सहमति नभए उनि क्लब छोड्ने छन्।