पिएसजीका कोच मौरिसियो पोचेटिनोले रियाल म्याड्रिडका कप्तान सर्जियो रामोसप्रति आफ्नो रुचि स्पष्ट गरेका छन्।
🎙 Pochettino: “PSG’s strategy has been around for years when we signed Ronaldinho, seeing the market opportunities & joining those who can improve what we have. It will be seen in these months. Here Ramos would find a great club with the obsession of always winning.” 🇦🇷
— Los Blancos Live (@blancoslive) January 28, 2021
रियल संग रामोसको सम्झौता जूनमा अन्त्य हुने छ र सो विस्तार गर्ने वार्ता दुई बीच असफल हुदै आएको बेला धेरै क्लब रामोसलाई साइन गर्न इच्छुक छन्।
पोचेटिनोले मार्कालाई भने: “एक महिना पछि [पीएसजीमा] म ठूलो नेतृत्वको साथ खेलाडीहरू भेट्दैछु। महान खेलाडीहरू विभिन्न परियोजना र क्लब संस्कृतिमा खेल्न र एकसाथ बस्न सक्षम छन्, र म यसलाई धेरै सम्मान गर्छु।
Mauricio Pochettino on Sergio Ramos possibly joining PSG 🗣
"Ramos would find a great club (at PSG) that has an obsession to always win. PSG is one of the big ones in the world."
— Footy Accumulators (@FootyAccums) January 28, 2021
“पिएसजीको रणनीति वर्षौं देखि समान रहेको छ, जबदेखि हामीले रोनाल्डिन्होलाई साइन गरेका छौं: बजारका अवसरहरू हेर्न र आफूलाई सुधार गर्न सक्नेहरूलाई ल्याउने।
“हामी आउँदो महिनाहरूमा देख्नेछौं। यहाँ, रामोसको लागि यो एक उत्कृष्ट क्लब हुने छ जहाँ जितको जुनून छ । पिएसजी संसारको सबभन्दा ठूलो [क्लब] मध्ये एक हो।”