रियल म्याड्रिडका स्टार ग्यारेथ बेलमाथि टोटनह्यामको चासो

टोटनह्याम ग्यारेथ बेल साइन गर्न €३० मिलियन तिर्न इच्छुक छन्।

वेल्श अन्तर्राष्ट्रिय स्टारको रियल म्याड्रिडसँग यो सिजन राम्रो रहेको छैन, १५ खेलमा मात्र तीन गोलहरू र दुई अस्सिस्त गर्न सफल हुँदा, उनको प्रदर्शनमा केहि गिरावट आएको छ।

बेलको नाम टोटनह्यामसँग जोडिएको छ हालसालै स्पेनी पत्रिका डन बालोनले दावी गरेको छ कि -३० बर्षेका स्टार आफ्नो पुर्व क्लबमा फिर्ता जान इच्छुक छन् तर रियल म्याड्रिडले उनको लागि €८० मिलियनको माग गरेको छ ।

खबर अनुसार अनुसार टोटनह्याम बेलको लागि €३० मिलियन तिर्न इच्छुक छन्।

उनलाई लोनमा बेच्ने प्रस्ताव उनको एजेन्टले अस्वीकार गर्दै आएका छन् ।

बेलको हालको प्रदर्शन हेर्ने हो भने €३० मिलियन उनको लागि उचित मूल्य देखिन्छ, तर उक्त प्रस्तावको निर्णय रियल म्याड्रिडको हातमा रहेको छ।