रियल म्याड्रिडका स्टार खेलाडी इभर्टन जान आतुर

रियल म्याड्रिडका स्पेनिस खेलाडी तथा अट्याकर इस्को इङलिस क्लब इभर्टन जान आतुर रहेको छ ।

रियलका प्रशिक्षक जिदानको योजनामा इस्को नरहेपछि उनलाई जनवरीमा उपलब्ध गराउने बुझिएको छ । तर, रियलले उनलाई लोनमा मात्र बेच्ने योजना बनाएका छन् ।

केहि इङलिस क्लब र स्पेनिस क्लब इस्को माथी इच्छुक रहेपनि इङलिस क्लब इभर्टन इस्कोको प्राथमिकतामा आउन सक्ने बुझिएको छ ।

रियलका पुर्व खेलाडी हामेज रोड्रीगुएज इस्कोको निकै मिल्ने साथी रहेको कारण इभर्टन उनको प्राथमिकता रहने छ ।

२८ वर्षीय खेलाडीको रियलसंग सम्झौता २०२२ सम्म रहेको छ ।