रियल म्याड्रिडका स्टार खेलाडी साइन गर्न म्यान सिटी इच्छुक

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी रियल म्याड्रिडका स्टार खेलाडी लुका मोड्रिचलाई साइन गर्न इच्छुक रहेको खबर छ।

रियल र मोड्रिच बिचको सम्झौता यो वर्षको जुनमा अन्त्य हुने छ र दुई बिच सम्झौता विस्तार भएको छैन भने मोड्रिच रियलले गरेको नयाँ सम्झौता प्रस्तावबाट खुसी नरहेको जानकारी छ।

 

३६ वर्षको उमेरमा पनि मोड्रिचको खेल निकै राम्रो रहेको छ भने उनी रियलको एक महत्त्वपूर्ण खेलाडीको रुपमा रहेका छन्।

२०१८ बलोन डि’ओर विजेता फ्लोरेन्टिनो पेरेले प्रस्तावबाट खुसी नरहेको चर्चा हुँदै गर्दा सो अवस्थाको फाइदा लिँदै म्यान सिटीले उनलाई साइन गर्न सक्ने खबर छ। सिटीका कोच पेप गार्डियोला लुका मोड्रिचको फ्यान रहेको खबर छ भने मोड्रिचलाई क्लबमा भित्राउन पेप इच्छुक रहेको खबर छ।

मोड्रिच आफ्नो सम्झौताको अन्तिम वर्षमा छन् भने हाल सम्म उनले रियल सँग सम्झौता विस्तार गरेका छैनन्। २०२२को जुन ३०मा उनको सम्झौता अन्त्य हुने छ र उनी फ्री एजेन्ट बन्ने छन्।