रियल म्याड्रिडका स्टार खेलाडीद्वारा सम्झौता विस्तार प्रस्ताव अस्वीकार

रियल म्याड्रिडका स्टार राइट विङ्ग ब्याक लुकास भाजक्वेज र क्लब बिचको नयाँ सम्झौताको वार्ता असफल भएको छ।

लुकास भाजक्वेज सँगको नयाँ सम्झौताको वार्ता फेरी विफल भए पछि उनले क्लब छोड्न सक्ने सम्भावना बढेको छ। २९ वर्षीय विंग ब्याकका एजेन्टले लस ब्लान्कोसका महानिदेशक जोस एन्जेल सान्चेजलाई भेटेका थिए तर दुई बिच कुनै सम्झौता हुन सकेन।

नयाँ सम्झौताको वार्ता सफल हुन नसकेको बेला उनले क्लब छोड्न सक्ने कुरा छ र उनले अन्य क्लबको प्रस्तावहरू सुन्ने जानकारी छ।

रियलले उनलाई सुरुमा ३ वर्षको सम्झौता विस्तारको प्रस्ताव गरेको थियो जुन अनुसार उनको तलबमा १० प्रतिशत कटौती रहेको थियो जुन भाजक्वेजले अस्वीकार गरे र सो पछि दुई बिच वार्ता सफल हुन सकेको छैन।