म्यानचेस्टर युनाइटेड २०२१मा रियल म्याड्रिडका स्टार डिफेन्डर राफाएल भरान साइन गर्न इच्छुक रहेको खबर छ र उनको €९० मिलियनको मूल्य तिर्न पनि युनाइटेड तयार रहेको खबर छ।
Real Madrid are reportedly not keen on selling Raphaël Varane to Manchester United next season. #SLInt
Read: https://t.co/Ul01sGj77V pic.twitter.com/uWeLLqSo4H
— Soccer Laduma (@Soccer_Laduma) November 22, 2020
फ्रान्सका स्टार धेरै वर्ष देखि रियलको एक प्रमुख खेलाडी रहेका छन्, तर हाल उनको प्रदर्शन केहि खराब रहेको छ। रियलले उनलाई बेच्ने कुरा भने अहिले सम्म स्पष्ट भएको छैन जिदानले उनलाई राम्रो मूल्य आए बेच्न सक्ने चर्चा रहेको बेला युनाइटेड इच्छुक रहेको कुरा छ।
Raphaël Varane à Manchester United❓🤔
La réponse ferme de Zinédine Zidane ⬇⬇ pic.twitter.com/wtWCszBkEu
— Goal France 🇫🇷 (@GoalFrance) November 21, 2020
रियलले उनको लागि €९० मिलियन सम्म माग गर्ने सक्ने खबर छ जुन तिर्न युनाइटेड पनि तयार हुने कुरा छ। युनाइटेड हाल आफ्नो डिफेन्स सुधार गर्न चाहन्छन् र राफाएल भरानले भिक्टर लिन्डेलोफ र एरिक बेली जस्तो खेलाडीलाई प्रतिस्थापन गर्न सक्ने छन्। उनि युनाइटेडको सेन्ट्रल डिफेन्समा कडा खेलाडी बन्न सक्ने युनाइटेडको विश्वास रहेको छ।