रियल म्याड्रिडका स्टार क्लब छोड्न तयार

रियाल म्याड्रिडका स्ट्राइकर लुका जोभिक जनवरीमा क्लब छोड्न तयार हुने खबर छ। गत बर्ष उनले सुपरकोपा डे एस्पानामा खेले पनि, जोभिकले २०२० मात्र ६०७ मिनेट खेले। उनले गत सिजन १८ खेल खेले भने उनको नाममा १ गोल मात्र रह्यो।

यस सीजनमा उनले पाँच खेलमा कुल २० मिनेट खेलेका छन्, ती मध्ये केवल एउटा च्याम्पियन्स लिग खेल थियो। उनले नोभेम्बर देखि गोल वा असिस्ट गरेका छैनन्।

रियलमा चोटको कारण उनको क्यारियरमा असर परेको थियो भने उनले धेरै खेल समय पनि पाएनन्। फ्रैंकफर्टमा उनको निकै राम्रो प्रदर्शन रहेको थियो तर रियलमा उनले सो फम दोहोराउन सकेका छैनन्।

हाल उनि एसी मिलान जान सक्ने खबर छ भने फ्रैंकफर्ट पनि उनलाई फेरी भित्राउन इच्छुक रहेको खबर छ।