रियल म्याड्रिडका स्टार क्लब छोड्न इच्छुक

June 14, 2020, Valdebebas, MADRID, SPAIN: Sergio Ramos of Real Madrid celebrates a goal with Eden Hazard during the spanish league, LaLiga, football match played between Real Madrid and SD Eibar at Alfredo Di Stefano Stadium at Ciudad Deportiva Real Madrid in the restart of the Primera Division tournament after to the coronavirus COVID19 pandemic on June 14, 2020 in Valdebebas, Madrid, Spain. Valdebebas SPAIN - ZUMAa181 20200614zaaa181064 Copyright: xOscarxJ.xBarrosox

रियल म्याड्रिडका स्टार एडन हजार्ड क्लब छोड्न इच्छुक रहेको जानकारी छ। खबर अनुसार आउँदो गर्मीको ट्रान्सफर विन्डोमा उनी क्लब छोड्न इच्छुक छन् भने उनी चेल्सी फर्किन सक्ने पनि चर्चा छ।

२०१९मा उनी चेल्सीबाट £१५० मिलियनमा रियलमा आएका थिए। चेल्सीमा उनको निकै उत्कृष्ट प्रदर्शन रहेको थियो जुन उनले रियलमा जारी राख्न सकेनन्। ला लिगा क्लबमा उनी धेरै समय चोट ग्रसित रहे भने उनको खेल पनि सोचे अनुरूप हुन सकेको थिएन र रियल उनलाई बेच्न तयार हुने खबरहरू आउँदै गर्दा हजार्डले पनि क्लब छोड्न चाहेको चर्चा छ भने उनी चेल्सी फर्किन इच्छुक रहेको पनि खबर छ।

३० वर्षका स्टारको रियल सँगको सम्झौता २०२४मा अन्त्य हुने छ तर रियलले उनलाई आउँदो ट्रान्सफर विन्डोमा बेच्न सक्ने जानकारी छ। यो सिजन एडन हजार्डले लिगमा मात्र १४ खेल खेलेका छन् भने उनको प्रदर्शनको पनि धेरै आलोचना हुने गरेको छ भने क्लबका कार्यसमिति सदस्यहरू उनीबाट खुसी नरहेको पनि चर्चा छ।

लस ब्लान्कोसलाई च्याम्पियन्स लिगबाट बाहिरिए पछि उनी आफ्नो पूर्व टिममेटहरू सँग हाँस्दै गरेको भिडियो भाइरल भए पछि स्पेनका मिडियाले उनको धेरै आलोचना गरे भने हाल रियलले उनलाई बेच्न सक्ने खबर आउँदै गर्दा उनी पनि क्लब छोड्न इच्छुक हुने खबर छ ।