रियल म्याड्रिडका स्टार ग्यारेथ बेल टोटेनह्याम हटस्पुरको साथ प्रिमियर लिगमा फर्किन धेरै नजिक रहेको खबर छ। उनि सात बर्ष पछि स्पर्समा फर्किने क्रममा छन्। उनि लोनमा क्लब आउने खबर छ।
Tottenham are now close to agreeing a deal to sign Gareth Bale on loan from Real Madrid, with Spurs to pay around £20m in wages and loan fees
— Sky Sports News (@SkySportsNews) September 16, 2020
२०१३मा बेल तत्कालीन विश्व रेकर्ड रकममा स्पर्सबाट रियलमा सरेका थिए र त्यस पछि उनले रियलमा १०० भन्दा बढी गोल गरेका छन् र चारवटा च्याम्पियन्स लिग उपाधि जितेका छन्।
बेलका एजेन्ट जोनाथन बार्नेटले बुधबार बीबीसी वेल्स स्पोर्टलाई भने कि सो बारे वार्ता “बिस्तारै प्रगति” हुदै गएको छ।
स्पर्सक कोच मोरिन्होले सो बारे छलफलको कुरा गर्न अस्वीकार गरे। बेल २०१९मा चिनियाँ क्लब जान धेरै नजिक थिए तर सो कुरा सफल हुन सकेन भने हाल उनि आफ्नो पुर्व क्लब फर्किने धेरै नजिक पुगेको कुरा छ।
Gareth Bale is coming back to Tottenham. The agreement is getting closer – last details then the deal will be done. Bale already told to his teammates that he’s going to #THFC.
“This is the closest Gareth has been to leave, talks on-going”, also said his agent Barnett to BBC. ⚪️ https://t.co/r8sn5sVSdc
— Fabrizio Romano (@FabrizioRomano) September 16, 2020
बार्नेटले भने: “ग्यारेथ गत सात बर्षमा हाल पहिलो पटक म्याड्रिड छोड्न धेरै नजिक छन् ।
“हामी अझै वार्तालाप गर्दैछौं। यो कसरी हुन्छ भनेर हामी हेर्नेछौं।”
हाल उनि लण्डनमा आउने क्रममा रहेको खबर छ जहाँ उनले स्पर्स संग आफ्नो सम्झौतामा हस्ताक्षर गर्ने छ।