रियल म्याड्रिडका लुका जोभिच यो सिजन लोनमा बाहिर जान सक्ने

प्रि-सिजनमा रियल म्याड्रिडको प्रदर्शन केहि फितलोनै देखा परेको थियो, रियलका नयाँ खेलाडीहरुले पनि धेरै राम्रो प्रदर्शन गरेको देखा परेन।

लुका जोभिच यो सिजन रियलमा आएका थिए, उनले पनि प्रि-सिजनमा धेरै राम्रो खेल्न सकेनन र उनले आफ्नो नयाँ क्लबको लागि गोल गर्न सफल भएको छैन र खबर छ कि उनको प्रदर्शनले रियलका कोच जिदानको मन जित्न सकेको छैन र जिदान उनि बाट प्रभावित भएका छैनन्।

सर्बियाका रिपोर्टहरूका अनुसार रियलले उनलाई यो सिजन लोनमा पठाउन प्रयास गर्ने छन्।