रियल म्याड्रिडका युवा स्टार साइन गर्न लिभरपुल इच्छुक

प्रिमियर लिग क्लब लिभरपुल रियल म्याड्रिडका युवा मिडफिल्डर इडुवार्डो कामाभिन्गालाई साइन गर्न इच्छुक रहेको जानकारी छ।

रियल म्याड्रिडले उनलाई साइन गरेको मात्र ४ महिना भएको छ भने क्लबमा खेल समयको अभावको कारण इडुवार्डो कामाभिन्गा खुसी नरहेको चर्चा छ भने उनलाई साइन गर्न रेड्स इच्छुक रहेको जानकारी छ।

१९ वर्षका युवा फ्रेन्च मिडफिल्डर साइन गर्न रियल धेरै समय देखि इच्छुक रहेको थियो भने उनलाई साइन गर्न चेल्सी, म्यान्चेस्टर युनाइटेड, पिएसजी जस्ता क्लबलाई पछि पार्दै रियल सफल भयो तर रियलमा उनले धेरै खेल समय पाएका छैनन् र आफ्नो स्थितिबाट उनी खुसी नरहेको खबर आउँदा गर्दा लिभरपुल उनलाई लोन सम्झौतामा साइन गर्न इच्छुक रहेको खबर छ।

१९ वर्षका कामाविन्गाको खेल रेनेसमा निकै राम्रो थियो भने उनी क्लबका एक महत्त्वपूर्ण खेलाडी थिए र रियलले उनलाई £३४ मिलियनमा साइन गरेको थियो र रियलमा कार्लो एन्सेलोटीको नेतृत्वको उनले नियमित फुटबल समय पाएका छैनन्।

लिभरपुलका कोच क्लोप कामाविन्गाको फ्यान रहेको र उनलाई लोनमा क्लबमा भित्राउन उनी इच्छुक रहेको खबर छ।