रियल म्याड्रिडका युवा स्टार स्थायी रूपमा क्लब छोड्न इच्छुक

रियल म्याड्रिडका युवा स्टार मार्टिन ओडेगार्ड हाल लोनमा अर्सेनलमा छन् र उनको लोन सम्झौता सिजन पछि अन्त्य हुने छ।

उनले रियलमा धेरै खेल समय पाएनन् तर अर्सेनलमा उनी नियमित रूपमा खेल्दै छन् र उनको खेल पनि राम्रो रहेको छ र अर्सेनल उनलाई स्थायी रूपमा साइन गर्न इच्छुक रहेको खबर छ। ओडेगार्ड पनि लन्डनमा आफ्नो मौकाहरूबाट खुसी छन् र उनी गनर्स सँग स्थायी रूपमा सम्झौता गर्न खुला हुने जानकारी छ तर यसमा रियलको निर्णय अन्तिम हुने छ।

अर्सेनल सँग ओडेगार्डको खेलमा रियलको निगरानी रहेको छ र उनको राम्रो खेलको कारण रियलमा पनि उनले ठाउँ पाउन सक्ने सम्भावना रहेको छ। अर्सेनलमा उनले १० खेल खेलेका छन् र उत्तर लन्डन डर्बीमा उनले चिर प्रतिद्वन्द्वी स्पर्स विरुद्ध गोल गर्दै फ्यानहरूको मन पनि जितेका छन्।

२२ वर्षका युवा स्टार नियमित खेल समयको खोजीमा छन् र अर्सेनल पनि उनलाई अझै क्लबमा राख्न इच्छुक छन्। खबर अनुसार लोन सम्झौता विस्तार भए पनि गर्ने अर्सेनलको योजना हुने सक्ने छ।