
लिभरपुल रियल म्याड्रिडका युवा विंगर भिनिसियस जुनियर साइन गर्न इच्छुक रहेको खबर छ। युवा विंगर प्रबन्धक जिदानको योजनामा हाल धेरै पर्न सफल भएका छैनन् भने उनको प्रदर्शन पनि राम्रो हुन सकेको छैन।
Vinicius Junior, linked with both Liverpool and Arsenal, looks set to leave Real Madrid this summer. #LFC #AFC https://t.co/u9PPgmbehn
— Football365 (@F365) February 3, 2021
रियल सँग २५ उपस्थितिमा उनले केवल ३ गोल गरेका छन्। स्पेनी स्रोत ए एसका अनुसार, भिनिसियस जूनियरलाई आउँदो गर्मीको विन्डोमा क्लब छोड्न दिने जिदानको योजना छ।
अर्सेनल पनि उनलाई साइन गर्न इच्छुक रहेको कुरा थियो भने हाल खबर अनुसार लिभरपुल पनि उनलाई साइन गर्न इच्छुक छन्।
लिभरपुलले गत महिना देखि उनको अवस्था अनुगमन गर्न सुरु गरेको खुलेको छ।
Real Madrid will look to sell 20-year-old forward Vinicius Junior this summer. (AS) pic.twitter.com/CfkISgd7NJ#RealMadrid
— SportzHub (@sportz_hub) February 3, 2021
रियल भिनिसियसलाई क्लबमै राख्न इच्छुक रहे पनि उनको प्रदर्शन झन् खराब हुँदै गएको छ र रियलले उनलाई लोनमा समेत पठाउन सक्ने खबर छ। रियल उनको लागि प्रस्ताव सुन्न तयार छन् र उनको मूल्य कति हुने भनेर खुलेको छैन।
खबर अनुसार उनको बिक्रीमा रियल घाटा बेहोर्न तयार छन्। रियलले युवा विंगरलाई २०१८मा €४५ मिलियनमा साइन गरेका थिए।