रियल म्याड्रिडका युवा स्टार मार्टिन ओडेगार्डले क्लब छोड्न अनुमति मागेका थिए र खबर अनुसार ओडेगार्ड प्रिमियर लिग क्लब अर्सेनलमा जान नजिक छन् र सिजनको बाकी समय मार्टिनले लोनमा अर्सेनलमा खेल्ने छन्।
Martin Ødegaard has decided to join Arsenal over Real Sociedad ⚪️🔴
The deal is expected to be completed in the coming hours. #AFC and Real Madrid are in contact to reach the agreement – Real want a ‘simple’ loan until June.
Arteta spoke directly with the player – key factor. https://t.co/id7qQyNPpL
— Fabrizio Romano (@FabrizioRomano) January 22, 2021
रियल म्याड्रिडमा खेल समयको अभावमा निराश रहेका मार्टिन ओडेगार्ड क्लब छोड्नको लागि अनुरोध गरेका थिए र रियल उनलाई लोनमा पठाउन तयार छन् र उनले आफ्नो नयाँ क्लबको रुपमा अर्सेनल छनोट गरेको फाब्रीजियो रामानोले बताएका छन्।
Martin Ødegaard is ‘tempted’ by Arsenal loan bid, he’s gonna decide together with his family.
Real Sociedad are in advanced talks to sign him by one week [leading the race over Ajax], always been Martin’s priority by months. #AFC offer led him to take hours/days of reflection.
— Fabrizio Romano (@FabrizioRomano) January 21, 2021
नर्वेका मिडफील्डर, १६ वर्षको उमेर देखि रियलमा थिए। उनले रियल सोसियादादमा पनि लोनमा समय बिताएका छन् र हाल फेरी उनि सोसियादादमा जान नजिक रहे पनि अर्सेनलको प्रस्ताव आए पछि आफ्नो परिवार संगको वार्ता पछि उनि प्रिमियर लिगमा खेल्ने खबर छ।
हाल २२ वर्षका युवा मिडफील्डरलाई गत सिजन लोनबाट फिर्ता गर्ने निर्णय जिदानले लिए पनि उनले खेल समय भने पाएनन्।