रियल म्याड्रिडका युवा डिफेन्डर साइन गर्न लिभरपूल इच्छुक

यो सिजन आफ्नो युवा डिफेन्डर एडर मिलिटाओलाई लोनमा बेच्न रियल म्याड्रिडको योजना छ। खबर अनुसार लिभरपूल २२ वर्षका सेन्टर ब्याक एडर मिलिटाओलाई साइन गर्न इच्छुक छन्।

ब्राजिलका डिफेन्डर रियलमा जिदानको टिममा पर्न संघर्ष गरिरहेका छन धेरै जस्तो समय युवा सेन्टर ब्याक बेन्चमा हुने गरेका छन् र उनि खेल समयको खोजीमा छन्।

खबर अनुसार रियल उनलाई अनुभव प्राप्त गर्न दिन लोनमा बेच्न तयार छन् र उनलाई साइन गर्न केहि क्लब इच्छुक छन्।

क्लोपले आफ्नो स्टार डिफेन्डर भर्जिल भ्यान डाइक र जो गोमेजको चोटको कारण नयाँ सेन्टर ब्याकको खोजीमा छन् र रियल म्याड्रिडका युवा डिफेन्डर उनको नजरमा छन्।

स्पर्स र बायर्न म्युनिखले पनि उनि माथि चासो देखाउने खबर छ र सो दौडमा दुइ क्लब पनि सामेल हुन सक्ने खबर छ।