रियल म्याड्रिडका मिडफिल्डर आर्सनलमा अनुबन्धित

आर्सनलले रियल म्याड्रिडका स्पेनिस मिडफिल्डर ड्यानी सेबालोसलाई क्लबमा अनुबन्ध गरेको छ ।

मिडफिल्डर आरोन राम्सी युभेन्टस गएपछि आर्सनल मिडफिल्डरको खोजीमा थियो । सेबालोसले अब राम्सीले छाडेर गएका ८ नम्बर जर्सी लगाउने छन् । आर्सनलले उनलाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो ।

यी २२ वर्षीय मिडफिल्डरले सन् २०१७ मा रियलसँग ६ वर्षको अनुबन्धन गरेका थिए । रियलले उनलाई बेच्ने भन्दापनि लोनमा दिने इच्छा जाहेर गरेपछि आर्सनलले अगाडी बढेको हो ।