रियल म्याड्रिडका पुर्व मिडफिल्डरले गरे सन्यासको घोषणा

एजेन्सी, स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व मिडफिल्डर इस्टेबान ग्रेनेरोले सन्यासको घोषणा गरेको छ। ३४ बर्षको उमेरमा उनले फुटबलबाट सन्यास लिएको हो।

ग्रेनेरोले रियल म्याड्रिड एकेडेमीबाट गेटाफे लाग्दै पुर्ण रियल
२००९ मा फर्केका थिए। उनले रियलका लागि तीन सिजनमा ६७ लिग खेल खेल्दै ४ गोल गरेका थिए।

त्यस पछि २०१२-२०१३ सिजनका लागि उनी इंग्लिस क्लब क्विन्स पार्क रेन्जर्सबाट दुई सिजन खेल्दै स्पेन फर्किए।

उनी पछिल्लो पटक स्पेनको चौथो श्रेणीको क्लब मार्बेला एफसीबाट खेल्दै आएका थिए।

उनले रियल म्याड्रिडबाट ला लिगा र कोपा डेल रे जस्ता उपाधी जितेका थिए।