नयाँ पेरिस सेन्ट-जर्मेन प्रबन्धक मौरिसियो पोचेटिनो सही समयमा क्लबमा सामेल भएका छन्। जनवरीको ट्रान्सफर विन्डो सुरु हुने समय रहेको छ र खबर अनुसार पोचेटिनोले अहिले देखिनै आफ्नो योजना पिएसजी सामु राखेका छन्।
Report: Pochettino Asked for PSG’s Board to Push to Sign Two Key Real Madrid Players Over the Upcoming Winter Transfer Window https://t.co/MGvGf8SMZ0
— PSG Talk 💬 (@PSGTalk) December 28, 2020
खबर अनुसार पोचेटिनोले पिएसजीको बोर्डलाई आउँदो जाडोको विन्डोमा रियल म्याड्रिडका इस्को र मार्सेलोमा साइन गर्न माग गरेका छन्।
खबर अनुसार पिएसजीका खेल निर्देशक लियोनार्डो संग छलफलको क्रममा उनले उक्त दुई प्रतिभालाई आउँदो विन्डोमा क्लबमा भित्राउन आग्रह गरेका छन्।
Mercato – Real Madrid : Le PSG pourrait rendre service à Zidane pour Isco ! https://t.co/KWg3v35wMG pic.twitter.com/SBNeHYdv7I
— le10sport (@le10sport) December 28, 2020
इस्को र मार्सेलो रियलमा धेरै खेल समय पाएका छैनन् भने जिदानले दुई खेलाडीलाई बेच्ने चाहना देखाएका छन्। पिएसजीले लोनमा पनि सो खेलाडी साइन गर्न सक्ने कुरा छ।