रियल म्याड्रिडका दुई खेलाडी ब्राजिलको राष्ट्रिय टिममा समावेश

एजेन्सी, ब्राजिल राष्ट्रिय टोलिका लागि प्रशिक्षक टिटेले रियल म्याड्रिडका येडर मिलिसाओ र क्यासामेरोलाई टोलिमा समावेश गरेको छ । सेप्टेम्बरमा हुने विश्व कप छनोटका लागि टिटेले यी दुई खेलाडिलाई टोलिमा बोलाएका हुन ।

छनोटमा ब्राजिलले चिले, अर्जेन्टिना र पेरुसंग भिड्ने छन । दक्षिण अमेरिका महादेश अन्तर्गतको छनोटमा ब्राजिल शिर्ष स्थानमा रहेको छ ।

यस्तै, रियलका अन्य ब्राजिलियन खेलाडिलाइ भने राष्ट्रिय टिममा समावेश गरेको छैन । भिनिसियस जुनियर, मार्सेलो र रोड्रिगोलाई नसमेती राष्ट्रिय टिम घोषणा गरेको हो ।

विश्व कप छनोटको खेल सेप्टेम्बर २, ५ र ९ तारीखमा हुनेछ । ब्राजिल फुटबल संघले तीन छनोट खेल आउनु तीन हप्ता अगाडि राष्ट्रिय टिमको घोषणा गरेको छ ।