
रियल म्याड्रिडका डिफेन्डर फरल्याण्ड मेण्डीको हाल निकै राम्रो प्रदर्शन रहेको छ र उनको प्रदर्शन बारे प्रशंसा गर्दै उनको एजेन्टले निकै अनौठो दाबी गरेका छन्।
Mendy’s agent Yvan La Mée told Tuttosport: “Two years ago I said that Mendy would become the Mbappé of the left-backs and time proved me right. Playing with Real Madrid improves you and now I am fighting to see a more complete full-back than Mendy.” #rmlive 🇫🇷
— Los Blancos Live (@blancoslive) February 28, 2021
उनको प्रदर्शन बारे प्रशंसा गर्दै फरल्याण्ड मेण्डी फुल-ब्याकको एम्बाप्पे रहेको उनको एजेन्टले दाबी गरे।
“दुई वर्ष अघि मैले भनेको थिए कि उहाँ लेफ्ट-ब्याकको एम्बाप्पे बन्न सक्छन् र समयले मलाई सही प्रमाणित गरेको छ,” मेण्डीका एजेन्ट मीले टट्टोसपोर्टसँगको अन्तर्वार्तामा भने।
💥 Yvan Le Mée compare Ferland Mendy à Kylian Mbappé !
🎙 “Il y a deux ans, j’ai dit qu’il deviendrait le Kylian Mbappé des arrière gauche et le temps m’a donné raison”https://t.co/4dzRWXOJuB— beIN SPORTS (@beinsports_FR) February 28, 2021
“रियल म्याड्रिडसँग खेल्नाले तपाईँलाई राम्रो खेलाडी बनाउँदछ र म आजको समयमा म फरल्याण्ड मेण्डी भन्दा पूर्ण फुल-ब्याक देख्दिन।
“उनी डिफेन्सको रूपमा पनि राम्रो छन् र अगाडि बढिरहेको समय पनि राम्रो हुने गर्छन् जुन धेरै दुर्लभ छ, विशेष गरी उनको उमेरका लागि।
“उहाँ लेफ्ट-ब्याकहरूको एम्बाप्पे हुन्!”