रियल म्याड्रिडका खेलाडीको तलब काटियो

Close-up of waving flag with Real Madrid C.F. football club emblem Russian Federation

स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका खेलाडीले पनि आफ्नो तलब कट्टा गरेर लिन बुधबार सहमति दिएका छन् । कोरोना भाइरस संक्रमणका कारण अहिले स्पेनी फुटबल स्थगित भएको छ ।

क्लबका खेलाडी र प्रशिक्षकसँगै प्रमुख निर्देशक र बास्केटबल टिम १० देखि २० प्रतिशत तलब कट्टा गरेर लिन तयार भएका हुन्। स्पेनी मिडियाका अनुसार यो सिजन पूरा भए तलबबाट १० प्रतिशत काटिनेछ।

सिजन स्थगितकै स्थितिबाट रोकिएमा २० प्रतिशत तलब काटिनेछ। यसरी तलब काटिँदा क्लबलाई ३ देखि ६ करोड डलरको राहत हुनेछ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ