रियल म्याड्रिडका अनुभवी खेलाडी क्लब छोड्न नजिक

रियल म्याड्रिडका अनुभवी लेफ्ट ब्याक मार्सेलो क्लब छोड्न नजिक रहेको खबर छ। उनी लामो समयदेखि रियल म्याड्रिडको लागि पहिलो रोजाईको खेलाडी बन्न असफल हुदै आएका छन् , र यो जनवरीको अन्तमा मार्सेलोले स्पेनी राजधानी छोड्ने खबर छ।

बेन स्पोर्ट्सका अनुसार, फरल्यान्ड मेन्डी अब जिदानको मुख्य लेफ्ट ब्याक भएका छन्, र मेन्डी घाइते भए मात्र ब्राजिलिया मौका पाउन सक्ने भएको कारण अनुभवी खेलाडीले खेल समयको लागि क्लब छोड्ने खबर छ।

खबर अनुसार फ्रेन्च क्लब ए एस मोनाको उनलाई भित्राउन इच्छुक छन् र उनलाई नियमित खेल समय प्रस्ताव गर्ने छन्।

रियल संग उनको २०२२ सम्मको सम्झौता रहेको छ भने रियलमा उनको तलब प्रति वर्ष €९ मिलियन रहेको छ र मोनाकोले मात्र €६ मिलियन तिर्न सक्ने खबर छ।