रियल म्याड्रिडका अध्यक्ष- “हामीले धेरै समय देखि हजर्डलाइ साइन गर्न प्रयास गरे”

रियल म्याड्रिडका अध्यक्ष पेरेजले स्वीकार गरे हजर्डलाइ रियलले पहिले देखि साइन गर्न चाहेको थियो भनेर। चेल्सीका मिडफिल्डर हजर्डलाइ रियलले धेरै अगि देखि आफ्नो नजरमा राखे पनि साइन गर्न भने सफल भएको छैन र अर्को सिजन उनि रियल आउने लगभग पक्का भैसकेको छ।


हालै रियलले चेल्सी संग सम्पार्क नगरेको पेरेजले बताएको छ।
“यूरोपा कपको फाइनल खेल्न लागेको क्लबलाइ कसरि अहिले सम्पर्क गर्न सक्छौ?,” उनले Onda Ceroलाइ बताए

“हामीले धेरै समय देखि हजर्डलाइ साइन गर्न प्रयास गरेका छौ ”

“म आशा गर्छु कि उनि अर्को सिजन रियलमा आउने छन्, उनि एक उत्कृष्ट खेलाडी हुन्”