रियल म्याड्रिडकाे लागि केही असम्भव छैन- साेलारी

रियल म्याड्रिड आफ्नो कठोर प्रतिद्वन्द्वी बार्सिलोना सँग ७ अँकले पछि भए पनि म्याड्रिडका काेच बिस्वास गर्छन् कि रियलले अजै लिग जित्न सक्छ भनेर।

सेभिल्लालाइ २-०ले पराजित गर्दै रियल म्याड्रिड ला लिगा काे तेस्रो स्थानमा पुग्न सफल भयो र काेच साेलारी काे बिस्वास छ कि रियल म्याड्रिडकाे लागि केहि असम्भव छैन भनेर।

“हामी जहिले अन्तिम समय सम्म अाफ्नाे हौसला देखाउदै खेलछाै र रियल म्याड्रिडकाे लागि केही पनि असम्भव छैन।”
“म याे फुटबल खेल र प्रतिस्पर्धाकाे जहिले मजा लिन्छु र याे हाम्रो जुनून हाे। जसलाई हामि धेरै माया गर्छाैं चाहे त्यो हाम्रो मुस्किल घडी नै किन नहोस्।” “हामी मा अन्तिम समय सम्म लड्ने जुनून छ र पकैपनि जित हासिल गर्दा निकै राम्रो महसुस हुन्छ।”- साेलारी