रियल मेड्रिड प्रति रिसाएका थिए रोनाल्डो, ओजिलले गरे येस्तो खुलासा

आर्सनलका जर्मन प्लेमेकर मेसुत ओजिलले खुलासा गरेअनुसार पूर्व रियल मेड्रिड स्टार क्रिष्टियानो रोनाल्डो आफूलाई क्लबले बेचेपछि निकै रिसाएका थिए । स्मरणीय छ कि सन् २०१३ मा विवादास्पद रुपमा ओजिलले रियल छोड्नु अघि उनले रोनाल्डोसँगै तीन सिजन बर्नबेयुमा बिताएका थिए । त्यसबेला किर्तिमानी मूल्यमा गारेथ बेललाई किनेपछि रियलले बेललाई स्थान दिन ओजिललाई विवादास्पद रुपमा बेचेको थियो ।

त्यतिबेला समर्थकहरुले क्लबको ट्यालेन्टेड खेलाडी मध्ये एक मानिएका ओजिललाई क्लबले यसरी बेच्न गईरहेको छ भन्ने कुरामा अलिकति पनि विश्वास गरेका थिएनन् । ओजिलको यो खुलासासँगै रियलले बेल र इस्कोलाई किन्न गईरहेको कुराप्रति रोनाल्डोलाई अलिकति पनि चासो नरहेको अनुमान लगाउन सकिन्छ ।

रोनाल्डोको भनाईमा क्लबमा उनले गर्ने धेरै जसो गोल ओजिल कै पास र भिजनबाट सम्भव भएको थियो । रोनाल्डोले भनेका थिए, “ओजिललाई बेच्नु मेरो लागि दुःखद खबर हो । उ यस्तो खेलाडी थियो, जसले गोलको अगाडी मेरो अवस्थालाई राम्रोसँग बुझ्ने गथ्र्यो । ओजिललाई बेचेकोमा मलाई निकै रिस उठेको छ ।”

उता ओजिलले भनेका छन्, “विकेण्डका क्रममा सायद म रियल मेड्रिड मै रहन सक्थे, तर मलाई पछि थाहा भयो म्यानेजर कार्लो एन्सेलोट्टी र क्लब बोर्डले म माथि विश्वास गर्दैनन् । म यस्तो खेलाडी हुँ, जहाँ म ममाथि विश्वास गर्ने व्यक्तिहरुलाई नै मेरो आवश्यकता हुन्छ र यस रुपमा मैले आर्सनललाई नै सही गन्तव्य देखें ।”