रियल मड्रिड नेमार अनुबन्ध गर्न पीएसजीसँग चोटपटक बारे जानकारी लिदै

रियल मड्रिड पीएसजीका नेमार अनुबन्ध गर्न चासो देखाइरहेको छ। त्यसैले मड्रिडले अहिले नेमारको चोटपटक बारे पीएसजीबाट जानकारी लिइरहेको जनाइएको छ।

नेमारको खुट्टामा चोट लाग्दा गत सिजन उनले आधा सिजनबाट सबै खेल गुमाउनु परेको थियो। मार्काका अनुसार मड्रिड पीएसजीबाट यो आश्वासन चाहन्छ कि नेमार शारीरिक रुपमा फिट छन्।

मड्रिडले नेमारको हालसम्मका सबै चोटपटक बारे जानकारी लिइरहेको जनाइएको छ। मड्रिडले पीएसजीबाट नेमारको चोटपटक बारे पूर्ण जानकारी पाएपछि उनको ट्रान्सफरबारे सबै विषय सार्वजनिक हुनेछन्